नेपालको जलविद्युतमा लगानी गर्न बंगलादेशका उद्योगीलाई मन्त्री पुनको आग्रह

आजको खबर   |    प्रकाशित : २०७५ भदौ २१ गते १४:५४

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री वर्षमान पुनले नेपालको जलविद्युतमा लगानी गर्न बंगलादेशका उद्योगी, व्यवसायीहरुलाई आह्वान गरेका छन् ।

मन्त्री पुनले बंगलादेशको राजधानी ढाकामा बिहिबारबाट सूरु भएको ‘इनर्जी एन्ड पावर वीक’ समारोहलाई सम्बोधन गर्दै नेपालको जलविद्युत क्षेत्रमा लगानी गर्न बंगलादेशका उद्योगी, व्यवसायीहरुलाई आह्वान गरेका हुन ।

त्यस अवसरमा उनले बंगलादेशले चाहेमा नेपालको जलविद्युतमा कुनै पनि मोडलमा लगानी गर्न दिन नेपाल सरकार तयार रहेको पनि स्पष्ट पारे । मन्त्री पुनले दुई मुलुकबीच विद्युत खरिदका लागि भारत हुँदै बंगलादेशसम्म विद्युत प्रशारण लाईन जडान गर्ने सहमति पनि गरिएको स्मरण गराए

मन्त्री पुनले नेपाललाई समृद्ध बनाउन जल सम्पदाको भरपुर उपयोग गर्ने नीतिलाई नेपाल सरकारले उच्च प्राथमिकता दिएको पनि बताए । उनले नेपालको विद्युत व्यापारको सम्भावनालाई हेरेर बिमस्टेक सदस्य राष्ट्रहरुबीच पनि विद्युत प्रशारण लाईन जडान गर्ने सहमति गरिएको पनि उल्लेख गरे।

२०७५ भदौ २१ गते १४:५४ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर