हत्या अभियोगमा युवक पक्राउ

आजको खबर   |    प्रकाशित : २०७५ भदौ २१ गते २३:५५

बेंशीशहर । हत्याको अभियोगमा प्रहरीले एक युवकलाई प्रक्राउ गरेको छ ।

पक्राउ पर्नेमा लमजुङ मध्यनेपाल नगरपालिका–१ जीताबेंशीका १९ वर्षीय अशोक दवाडी रहेको छ । सोही स्थानका ५९ वर्षीया दमन्तीदेवी घिमिरेको हत्या अभियोगमा उनलाई प्रक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी नायब उपरीक्षक यादव ढकालले जानकारी दिए ।

दमन्तीदेवीको भदौ १३ गते हत्या भएको थियो । धारिलो हतियार प्रहारबाट हत्या भएको भन्ने प्राप्त सूचनाका आधारमा दवाडीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय लमजुङबाट खटिएका प्रहरीले युवकलाई बुधबार उनकै घरबाट प्रक्राउ गरेको थियो । जिल्ला अदालतबाट आज सात दिनको म्याद थप गरी उनीमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

२०७५ भदौ २१ गते २३:५५ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर