भोजपुरी फिल्ममा निता ढुंगानाको बोल्ड अवतार

आजको खबर   |    प्रकाशित : २०७५ भदौ २२ गते ०:१७

काठमाडौ । निता ढुंगाना नेपाली चलचित्र उद्योगकी चर्चित नायिका हुन् । उनै सुन्दरी नायिका निताले अब भोजपुरी चलचित्रमा काम गर्ने भएकी छन् ।

भोजपुरी मेघा स्टार निरहुवाको मुख्य भूमिकामा रहने फिल्ममा निरहुवासँगै निता अपोजिट देखिन लागेको बताइएको छ । चलचित्रको अफिसियल घोषणा केही दिनमा नै हुदैँछ ।

खबर अनुसार फिल्मको छायाङ्कन नेपाल, भारत र मोरिसेसमा हुने छ । चलचित्रमा निताका साथमा चलचित्रमा अन्य नेपाली कलाकारहरू पनि हुने बताइएको छ । बाल कलाकार हुँदै निताले धेरै नेपाली फिल्ममा सफल अभिनय गरिसकेकी छन् ।

२०७५ भदौ २२ गते ०:१७ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर