बिरामीको गुनासो नआउने गरी काम गर्न निर्देशन

आजको खबर   |    प्रकाशित : २०७५ भदौ २२ गते १:०२

काठमाडौं । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले बिरामीको गुनासो नआउने गरी समानरुपले गुणस्तरीय सेवा दिनुपर्ने बताएका छन् ।

नेपाल प्रहरी अस्पतालभित्र निर्माण भएको काली मन्दिर उद्घाटन, इमर्जेन्सी तथा ओपिडी र महिला ब्यारेक भवनको शिलान्यास र हस्पिटल म्यानेजमेन्ट इन्फरमेसन सिस्टमको आज उद्घाटन गर्दै उनले सो कुरा बताएका हुन ।

महानिरीक्षक खनालले अपराध नियन्त्रण र कानून कार्यान्वयनमा प्रहरीले विशेष ध्यान दिनुपर्नेमा जोड दिदैं नेपाल प्रहरीको शिर उँचो पार्ने कार्य गर्न आफू तल्लीन रहेको हुँदा उक्त अभियानलाई सफल पार्न अस्पताललगायत सबै इकाइका प्रहरी आ–आफ्नोतर्फबाट लाग्नुपर्ने बताए।

‘प्रहरी अस्पतालले उत्कृष्ट सेवा दिँदै आएको छ, आगामी दिनमा यसलाई थप प्रभावकारी बनाउनुपर्छ’, उनले भने ।

कार्यक्रममा महानिरीक्षक खनालले अस्पतालबाट प्रकाशित ‘नेपाल मेडिकल जर्नल’ विमोचन गर्नुका साथै उत्कृष्ट काम गर्ने अस्पतालका कर्मचारीलाई नगद पुरस्कारसमेत प्रदान गरे ।रासस

२०७५ भदौ २२ गते १:०२ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर