विषाक्त पुतलीको बिगबिगी, आँखा संक्रमितको संख्या हरेक वर्ष थपिदै

आजको खबर   |    प्रकाशित : २०७५ भदौ २२ गते २:०३

काठमाडौं । रङ्गी चङ्गी पुतली हेर्दा जति आर्कषक हुन्छ, बुझ्दै जाँदा उत्तिकै विषालु भएको पनि पाइन्छ । ‘पुतली छुनुहुन्न, आँखामा झुस प¥यो भने आँखै बिग्रिन्छ’ भन्ने जनश्रुति सायद यसकै लागि बनेको होला ।

पुतलीका धेरै प्रजातिमध्ये ‘ग्याजालिना मोथ’ ले आँखा संक्रमण गराउने संभावना उच्च रहन्छ । यही पुतलीका कारण नेपालमा आँखा संक्रमितको संख्या हरेक वर्ष थपिदै गएको छ ।

ग्याजालिनाको रौं आँखाका लागि जटिल समस्या बनेको र सो प्रजाती नेपालका लागि ठूलै चुनौती बन्न थालेको विज्ञहरु बताउँछन् । ग्याजालिनाको पुच्छरको टुप्पोमा रहने पहेँलो रङ मिश्रित रौं नै आँखाका लागि विषाक्त भएको पुतलीविज्ञ डा.भैया खनाल बताउँछन् । आँखा संक्रमण गराउने ग्याजलिना मोथ नै भएको पुष्टी उनले ८ वर्षअघि नैं गरेका थिए ।

‘पोथी पुतलीले मात्रै फूल पार्ने र उक्त फूल रौमैं अड्किने बताउँदै उनि भन्छन् –‘त्यस्तो रौं आँखामा परेमा जटिल संक्रमण गराउँछ, शरिरका अन्य भागमा समेत संक्रमण हुनसक्छ ।’

डा.खनालका अनुसार फूललाई शत्रुबाट बचाउन सो पुतलीले शरिरबाट केमिकल समेत फाल्छ । उक्त केमिकलले गर्दा शत्रुले फूललाई हमला गर्न सक्दैन । आजको नेपाल समाचारपत्रमा समाचार प्रकाशित छ ।

२०७५ भदौ २२ गते २:०३ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर