ट्याङ्करको ठक्करबाट चितवनमा दुई जनाको मृत्यु

आजको खबर   |    प्रकाशित : २०७५ भदौ २२ गते ३:०४

चितवन । पूर्वी चितवनको भुरझुरेमा बिहीबार राति ट्याङ्करले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयकाअनुसार मृत्यु हुनेमा मकवानपुर छत्तिवनका ३४ वर्षीय सुकमान स्याङ्तान र बारा जितपुर–१६ का २९ वर्षीय प्रेमबहादुर मोक्तान रहेका छन् ।

चितवनबाट मकवानपुरतर्फ जाँदै गरेको ना ३ ख ८५३९ नम्बरको ट्याङ्करले सोही दिशातर्फ जाँदै गरेको ग ५ प ६२६० नम्बरको मोटरसाइकललाई राप्ती नगरपालिका–३ झुरझुरेमा ठक्कर दिएको थियो ।

प्रहरीका अनुसार टयांङ्करको ठक्करबाट घाइते भएका दुवैको उपचारका लागि भरतपुर ल्याउने क्रममा बाटोमै मृत्यु भएको हो । ठक्कर दिने टयांङ्कर चालकलाई नियन्त्रणमा लिइएको बताइएको छ ।रासस

२०७५ भदौ २२ गते ३:०४ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर