प्रतिक्षित चलचित्र ‘रामकहानी’ र ‘रोज’ प्रदर्शनमा

आजको खबर   |    प्रकाशित : २०७५ भदौ २२ गते ३:२९

काठमाडौं । आज शुक्रबारबाट दुई प्रतिक्षित नेपाली चलचित्र प्रदर्शनमा आएका छन् । अभिनेता प्रदीप खडका स्टारर चलचित्र ‘रोज’ र अभिनेत्री पूजा शर्मा स्टारर चलचित्र ‘रामकहानी’ आजबाट प्रदर्शनमा आएका हुन । यी दुवै चलचित्र स्टार र प्रचार–प्रसारका कारण चर्चा र प्रतिक्षामा थिए ।

सुदर्शन थापा निर्देशित चलचित्र ‘रामकहानी’ लभस्टोरीसंगै कमेडी जनराको चलचित्र हो । चलचित्रमा पूजाको जोडीका रुपमा आकाश श्रेष्ठ देखिएका छन्। यसमा देशका चर्चित हाँस्यकलाकारहरुको बाहुल्यता छ । केदार घिमिरे, जितु नेपाल, विल्सन विक्रम राई, राजाराम पौडेल, रबिन्द्र झालगायतको प्रमुख भूमिका छ ।

यता नीरक पौडेल निर्देशित चलचित्र ‘रोज’ क्राइम–थ्रीलर चलचित्र हो । यसमा प्रदीपसँगै परमिता आरएल राणा र मिरुना मगर मुख्य भूमिकामा छन् ।

२०७५ भदौ २२ गते ३:२९ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर