जहाँ युवतीको नांगो फोटो धरौती राखेर ऋण दिइन्छ

आजको खबर   |    प्रकाशित : २०७५ भदौ २२ गते ५:१०

एजेन्सी। कहिलो काँही हामीलाई यस्तो चीजको आवश्यकता पर्छ, जसलाई पैसा दिएर किन्नु हाम्रालागि संभव हुँदैन। कहिले काँही हाम्रो आर्थिक स्थिति त्यो हदसम्म बलियो हुँदैन जहाँ आफ्नै सबै आवश्यकता पूरा गर्न सकियोस्। यस्तो अवस्थामा बैंकबाट ऋण लिन भने सकिन्छ। होम लोन, कार लोन, एजुकेशन लोन आदि धेरै प्रकारका ऋण बैंकले दिन्छ।

बैंकबाट ऋण लिन ग्योरन्टीका रुपमा केही न केही धितो राख्नुपर्ने हुन्छ। त्यसकालागि तपाइँले घरको लालपुर्जा, जग्गाको धनी पुर्जा या सर्टिफिकेट केही न केही धरौती राख्नुपर्छ। तर, आज हामी एक यस्तो कम्पनीका विषयमा जानकारी दिन गइरहेका छौं जहाँबाट ऋण लिँदा यी सबै कुरा धरौतीमा राख्नुपर्दैन। बरु यहाँ युवतीको नांगो फोटो धरौतीको रुपमा राखिन्छ।

जियादाइबायो नामक एक चिनियाँ कम्पनीले ग्राहकलाई अनलाइन लोन दिन्छ। यो कम्पनीबाट लोन लिन लामो समयसम्म कुर्नुपनि पर्दैन । यहाँ मात्र एउटा शर्त पूरा गरे पुग्छ।

लोन लिएपछि धरौतीको रुपमा युवतीले आफ्नो नांगो फोटो कम्पनीलाई बुझाउनुपर्छ। युवतीले नग्न भएर आफ्नो फारमका नांगो फोटो टाँस्नुपर्छ।

कम्पनीले दिएको समयसिमाभित्र यदि लोन चुक्ता गर्न सकिएन भने कम्पनीले युवतीमाथि यस्तो व्यवहार गर्छ जुन तपाइँले सोच्न पनि सक्नुहुन्न। यदि तोकिएको समयसिमाभत्र लोन चुक्ता गर्न सकिएन भने कम्पनीले युवतीको नांगो फोटो आफन्त र परिवारजनबीच भाइरल बनाइ दिन्छ।

२०७५ भदौ २२ गते ५:१० मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर