लहानमा सौदावाजी सम्बन्धी तीन दिने तालिम शुरु

आजको खबर   |    प्रकाशित : २०७५ भदौ २२ गते ५:५८

सिरहा । राष्ट्रिय दलित नेटवर्क नेपालको आयोजनामा सिरहाको लहानमा हरवा चरवा नेतृत्व क्षमता अभिवृद्धिका लागि सामुहिक सौदावाजी सम्बन्धी तीन दिने तालिम शुरु भएको छ ।

बिहीबारबाट शुरु भएको तालिम शनिबारसम्म चल्नेछ । तालिममा सिरहा, सप्तरी र धनुसाका ३० जनाको सहभागिता रहेको छ । तालिमको एक कार्यक्रमका बिच प्रदेश नं. २ का सांसद सुनिता रामले उद्घाटन गरेकी छन् ।

दशन मण्डलको अध्यक्षतामा भएको तालिम उद्घाटन कार्यक्रमको संचालन राष्ट्रिय दलित नेटवर्कका कार्यक्रम संयोजक संजय महराले गरेका थिए ।

२०७५ भदौ २२ गते ५:५८ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर