भारतीय पूर्व प्रधानमन्त्री देवेगौडा नेपालमा, पशुपति पुगेर गरे पुजाआजा

आजको खबर   |    प्रकाशित : २०७५ भदौ २२ गते ६:३१

काठमाडौं। भारतका पूर्व प्रधानमन्त्री एचडी देवेगौडा नेपाल आएका छन् । उनी निजी भ्रमणको लागि नेपाल आएको बताइएको छ । नेपालका विभिन्न धार्मिक स्थलहरु दर्शन गर्ने क्रममा उनी यहाँ आएका हुन् । देवेगौडाले आज पशुपति पुगेर पुजा अर्चना गरेका छन् ।

देवेगौडा भारतका ११ औं प्रधानमन्त्री हुन् । उनी १ जून १९९६ मा भारतको प्रधानमन्त्री भएका थिए । उनको कार्यकाल भने निकै छोटो रह्यो । ११ महिनापछि नै ११ अप्रिल १९९७ मा उनले प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए ।

सबै तस्वीर : आर्यन धिमाल

२०७५ भदौ २२ गते ६:३१ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर