ब्राजिलको अबको राष्ट्रपति बन्न सक्ने उम्मेद्वार बोल्सोनारोमाथि छूरा प्रहार

आजको खबर   |    प्रकाशित : २०७५ भदौ २२ गते १४:१५

रियो दि जेनेरियो। राष्ट्रपतिको निर्वाचन प्रचार प्रसारमा हिँडिरहेको समय दक्षिणपन्थी नेता जाइर बोल्सोनारोमाथि बिहीबार धारीलो हतियार प्रयोग गरी आक्रमण भएको छ।

दक्षिणपन्थी दलका नेता बोल्सोनारोको दक्षिणपूर्वी शहर जुइज दे फोरामा आक्रमण भएको थियो। उनको तत्काल शल्यक्रिया गरिएको थियो। शरीरको मध्यभागका केही स्थानमा लागेका चोटको उपचार गराईरहेका बोल्सोनारोको अवस्था स्थिर रहेको बताइएको छ।

धारिलो हतियारको आक्रमणबाट घाइते राष्ट्रपतिका उम्मेदवार जाइर मेस्सियास बोल्सोनारोको शान्ता कासा दे जुइज फोरा अस्पतालमा शल्यक्रिया भएको अस्पतालका प्रवक्ताले पुष्टि गरेका छन्।

बाहिरी चोटको उपचारपछि थप उपचारका लागि अल्बर्ट आइन्सटाइन अस्पतालमा पठाइएको फोरा अस्पतालका प्रवक्ताले जानकारी दिए। बोल्सोनारो राष्ट्रपतिका लागि बलियो आकाङ्क्षी रहेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।

२०७५ भदौ २२ गते १४:१५ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर