कुकुरले माया गरेर मालिकलाई चाट्यो, त्यही कारण मालिकको जिन्दगी नै बर्बाद

आजको खबर   |    प्रकाशित : २०७५ भदौ २२ गते १४:२२

एजेन्सी। कुकुरलाई निकै वफादार जनावर मानिन्छ। परिवारमा बस्दा कुकुर परिवारकै अहम सदस्य बन्छ।

कुकुरलाई हामी जति माया गर्छौं कुकुर पनि आफ्नो मालिकलाई उत्तिकै माया गछृन्। कैयौं पटक हामीले देखेका छौं कि कुकुरले माया गर्दा मालिकलाई चाट्छ। कुकुरलाई माया गर्नेहरुको लागि यो सामान्य कुरा हो। तर, अमेरिकाको विस्कन्सिनका ४८ वर्षीय ग्रेग मोन्टेउफुलको लागि भने कुकुरले चाट्नु निकै महंगो सावित भएको छ।

ग्रेगको कुकुरले भने मायाले आफ्नो मालिकलाई चाटेको थियो। तर, चाट्ने क्रममा खतरनाक ब्याक्टेरिया ग्रेगको शरीरमा प्रवेश गरे। यी किटाणु यति छिटो शरीरभित्र फैलिए कि ग्रेगका दुवै हात र खुट्टा काट्नुपर्यो। कुकुरको र्यालमा ब्याक्टेरिया हुन्छन्। जब कुकुरको र्याल मानिसको रगतमा मिसिन्छ तब खतरनाक संक्रमण हुन्छ।

यही कारण रक्तचाप तीव्र गतिमा घट्छ र यसको असर शरीरका अंगमा पर्छ। रक्तचाप घटेपछि हातखुट्टाले काम गर्न बन्द गर्छन्। यस्तोमा संक्रमण बढ्न नदिन डाक्टरले शरीरका अंग काट्नुपर्छ। ग्रेग बाइक राइडर थिए। उनको पूरै जिन्दगी बाइक र कुकुरको बीचमा बितेको थियो। अब संक्रमणका कारण उनी यी काम गर्न सक्ने छैनन्। यद्यपि उनी जीवित रहेकोमा खुसी छन्।
डिसी नेपाल डटकमबाट साभार

२०७५ भदौ २२ गते १४:२२ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर