के भारतले लडाकु विमान किन्दा चीन र पाकिस्तान डराउँछन ?

आजको खबर   |    प्रकाशित : २०७५ भदौ २२ गते १४:३०

बीबीसी। फ्रान्ससँग ३६ रफाएल लडाकु विमान खरिद सम्झौता किनै विवादित भएको छ। केन्द्रको नरेन्द्र मोदी सरकारमाथि प्रमुख प्रतिपक्ष कांग्रेसले यो सम्झौता गर्दा भ्रष्टाचार भएको आरोप लगाइरहेको छ। यो सम्झौतलाई रोक्नकालागि मनोहर लाल शर्मा नाम गरेका एक कानुन व्यवासायीले सर्वोच्च अदालतमा रिट दायर गरेका छन्।

सर्वोच्च अदालतले रिट याचिकालाई स्वीकार गरेको छ। र आगामी हप्ता प्रधानन्यायाधीश दीपक मिश्राको अध्यक्षता भएको बेच्नले यो विषयमा सुनुवाई गर्ने भएको छ। यो बेन्चमा प्रधानन्यायाधीश दीपक मिश्रा बाहेक न्यायाधीशद्वय खानविलकर र डीवाई चन्द्रचुड पनि छन्।

यी तमाम विवादबीच भारतीय वायु सेनाका उपप्रमुख एसबी देवले समाचार एजेन्सी पीटीआईसँग भने, ‘रफायल एक निकै राम्रो लडाकु विमान हो र यसको क्षमता अभूतपूर्व छ।’एसबी देवले यो सम्झौताको आलोचना गर्नेले नियम र सम्झौता प्रक्रियालाई बुझ्नुपर्ने बताए। उनले भने, ‘यो निकै राम्रो लडाकु विमान हो। यसको क्षमता अभूतपूर्व छ। र हामी यसलाई पर्खिएर बसेका छौं।’

के रफायल राम्रो विमान हो? के यो विमान ल्याउँदा भारतीय सेनाको शक्ति बढ्छ? के चीन र पाकिस्तनासँगको युद्ध भएको अवस्थामा यो विमान सफल हुन्छ?

द इंस्टिट्युट फर डिफेन्स स्टडीज एण्ड एनालिसिस (आईडीएसए) मा फायटर जेट माथि विशेषज्ञता राख्ने एक विश्लेषकले भने, ‘कुनै पनि लडाकु विमान कति शक्तिशाली छ, भन्ने कुरा यसको सेन्सर क्षमता र हतियारमाथि निर्भर हुन्छ। कुनै पनि फाइटर विमान कति टाढाबाट देख्न सकिन्छ र कति टाढा सम्म मार हान्न सक्छ त्यसमा भर पर्छ। र यो विषयमा रफायल विमान निकै आधुनिक लडाकु विमान हो। भारतले यसलाई १९९७–९८ मा रुससँग किनेको थियो सुखोईपछि रफायल किन्ने तयारी गरिँदैछ।’

के भारत पाकिस्तानसँग यो लडाकु विमानमार्फत युद्ध जित्न सक्छ? आईडीएसएसँग सम्बन्धित एक विशेषज्ञले भने, ‘पाकिस्नानसँग जुन फाइटर प्लेन छन्, त्यो सबैलाई थाहा भएकै विषय हो। पाकिस्तानसँग जे–१७, एफ–१६ र मिराज छन्। रफायलको जस्तो यसको प्रविधि एडभान्स छैनन्। हामीले बुझ्नु पर्ने कुरा के हो भने यदि हामीसँग ३६ रफाएल छ भने ३६ ठाउँमा नै युद्ध गर्न सक्छ। यदि पाकिस्तानसँग यो भन्दै धेरै प्लेन छन् भने त्यो भन्दा धेरै ठाउँमा युद्ध गर्न सक्छ। अर्थात संख्याले अर्थ राख्छ।’

पूर्व रक्षामन्त्री तथा वर्तमान गोवाका मुख्यमन्त्री मनोहर पर्रिकर पनि रफाएल सम्झौता अगाडि बढाउने विषयमा सहभागी थिए। पर्रिकरले यही वर्ष जुलाईमा रफाएल आउँदा भारत पाकिस्तानको हवाइ क्षमतामाथि भारी पर्ने बताएका थिए।

पर्रिकरले भनेका थिए, ‘१९९९ को कारलिग युद्धमा भारतीय वायु सेना पाकिस्तानमाथि यसकारण हावी भएको थियो किनभने भारतको मिसाइलको पहुँच एसयु–३० र मिग–२० सँगै ३० किलोमिटरसम्म थियो। अर्कोतर्फ भारत पाकिस्तानको पहुँच २० किलोमिटरसम्म मात्र थियो। यही कारण हामी अगाडि आयौं। यद्यपी १९९९ देखि २०१४ को बीचमा पाकिस्तानले आफ्नो क्षमता बढाएर १०० किलोमिटरसम्म पुर्याएको छ।

जबकि भारत योबीचमा ६० किलोमिटरसम्म मात्र अगाडि बढ्न सकेको छ। अर्थात हामी अहिले खतरामा छौं। पाकिस्तानी विमानले हामीमाथि आक्रमण गरेभने हामी जवाफी कारवाही गर्न सक्दैनौं। रफाएल आएपछि हाम्रो क्षमता १६० किलोमिटरसम्म पुग्छ।’

रक्षा विश्लेषक राहुल वेदीका अनुसार रफाएलबाट भारतीय एयर फोर्सको शक्ति बढ्छ। तर यसको संख्या निकै कम छ। अहिले भारतका सबै ३२ स्क्वाड्रनमा १८–१८ फाइटर प्लेन छन्। एयरफोर्सले यदि एयरक्राफ्टको संख्या नबढाउने हो भने स्क्वाड्रनको संख्या २०२२ सम्ममा २५ मात्र हुनेछ। र यो भारतको सुरक्षाकालागि खतरनाक हुनेछ।

भारतका वर्तमान सेनापति जनरल बिपिन रावतले धेरैपटक टू फ्रन्ट वार अर्थात् एकैसाथ दुई देशमाथि आक्रमणको कुरा गरिरसकेका छन्। जनरल राउतको यो टिप्पणीलाई भारत विरुद्ध पाकिस्तान र चीनको गठजोडको रुपमा हेरिएको छ। अर्थात पाकिस्तनले भारत विरुद्ध युद्ध छेड्यो भने चीनले पाकिस्तानलाई साथ दिन सक्छ। यस्ता अवस्थामा के भारत दुवै देशसँग युद्ध गर्न सक्छ?

भारत र चीन १९६२ मा एक युद्ध लडिसकेका छन्। सो युद्धमा भारत नराम्ररी पराजित भएको थियो। दुई देशबीच अहिले पनि केही स्थानमा सीमा विवाद कायमै छ।

रफाएलको प्रयोग सीरिया र इराकमा गरिसकिएको छ। यसको मूल्यलाई लिएर पनि आलोचना भइरहेको छ। पूर्व रक्षामन्त्री मनोहर पर्रिकरले पनि यसको मूल्यलाई लिएर भारत लडाकु विमान किन्न सक्षम नभएको बताएका थिए।

अमेरिकी सिनेटले पाकिस्तानसँग आठ एफ–१६ फाइटर प्लेनको सम्झौतालाई रोकिदिएको थियो। अमेरिकाले पाकिस्तान आतंकवाद विरुद्धको लडाइँमा भरोसायोग्न भएको तर्क गरेको थियो। अहिले पाकिस्तानको आर्थिक अवस्था पनि रफाएल विमान किन्न सक्ने छैन।

डिसी नेपाल डटकमबाट साभार

२०७५ भदौ २२ गते १४:३० मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर