सभामुख महराद्वारा महावाणिज्य दूतावासको अवलोकन

आजको खबर   |    प्रकाशित : २०७५ भदौ २३ गते ५:०८

काठमाडौं । चीन भ्रमणमा रहेका सभामुख कृष्णबहादुर महराले आज बिहान ल्हासास्थित नेपाली महावाणिज्य दूतावास अवलोकन गरेका छन् ।

दूतावासमा सभामुख महरा नेतृत्वको प्रतिनिधिमण्डललाई ल्हासास्थित नेपाली महावाणिज्यदूत गोविन्दबहादुर कार्कीले स्वागत गरेका थिए । सो अवसरमा सभामुख महराले नेपाल र तिब्बतबीच व्यापार बढाउन महावाणिज्य दूतावासको महत्वपूर्ण भूमिका रहने भन्दै त्यसतर्फ गम्भीर भएर लाग्न सुझाव दिए ।

उनले नेपालसँग सीमा जोडिएको चीन (तिब्बत)बाट व्यापारिकरुपमा धेरै फाइदा लिन सकिने बताएको सभामुखको सचिवालयले जनाएको छ । सो अवसरमा महावाणिज्यदूत कार्कीले दूतावासको अवस्था, नेपाल–तिब्बत व्यापारको गति र सम्भावनाबारे जानकारी गराएका थिए । सभामुख महराले आइतबार ल्हासास्थित नेपाली महावाणिज्य दूतावास भवन शिलान्यास गर्ने कार्यक्रम छ ।

२०७५ भदौ २३ गते ५:०८ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर