अपडेट : अल्टिच्युड एयरको हेलिकोप्टरमा ७ जना सवार (नामावलिसहित)

आजको खबर   |    प्रकाशित : २०७५ भदौ २३ गते ६:२४

काठमाडौं । गोर्खाबाट काठमाडौंका लागि उडेको अल्टिच्युड एयरको हेलिकोप्टरमा सात जना सवार रहेको खुलेको छ ।

गोरखाको सानागाउँबाट उडेको उक्त हेलिकोप्टर शनिबार बिहान ८ बजेर ५ मिनेट जाँदाबाट सम्पर्कविहीन बनेको थियो । विमान
धादिङको सत्यवती गाउँपालिकामा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको बताईएको छ । तर यकिन विवरण भने आउँन बाँकी छ ।

हेलिकोप्टरमा पाइलट निश्चल केसीसहित पाँच जना नेपाली र एक जना जापानीज नागरिक रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतले जनाएको छ । स्रोतका अनुसार हेलिकोप्टरमा रामेछापका ४० वर्षीय दिल्ली बहादुर गुरुङ, दोलखाका ३७ वर्षीय हिरा शेर्पा, गोर्खाको चुमनुब्री गाउँपालिका २ का ल्हो आनी डोल्पा डिकी, गोर्खाको सामागाउँ चुमनुब्री सम्दो १ का छोवाङ नुर्बु, सिन्धुपाल्चोकका २२ वर्षीय सुनिल तामाङ, पाइलट निश्चल केसी र जापानी नागरिक हिरोमी कोमात्सु रहेका थिए।

उनीहरुको अवस्था कस्तो छ भन्ने खुलिसकेको छैन ।

२०७५ भदौ २३ गते ६:२४ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर