प्रियंका चोपडाको बारेमा सलमानले गरे सनसकी पुर्ण खुलासा !

आजको खबर   |    प्रकाशित : २०७५ भदौ २३ गते १०:०७

मुम्बइ। बलिउड सुपरस्टार सलमान खानले प्रियंका चोपडाको विषयमा निकै सनसनीपूर्ण खुलासा गरेका छन् । सलमानले आफूहरु प्रियंकालाई इंगेजमेन्ट, बिहेदेखि हनिमुनसम्मको समय दिन तयार भएको बताएका छन् । तर, प्रियंकाले जुनसुकै अवस्थामा पनि भारतमा काम गर्न अस्वीकार गरेको उनले बताए । सलमानले यो खुलासा हालै एक अन्तरवार्ताको क्रममा गरेका हुन् । सलमानले आफूलाई प्रियंकासँग कुनै गुनासो नभएको समेत बताए । तर, उनको कुरामा भने प्रियंकाप्रतिको असन्तुष्टि प्रस्ट झल्किन्थ्यो ।

सलमानले भने ‘प्रियंकासँग फिल्म छोड्ने कारण थियो । यही कारण प्रोजेक्ट अड्किएको थियो । यदि हामीलाई पहिलेदेखि थाहा भएको भए यसमा राम्रो तरिकाले काम गर्न सकिन्थ्यो । उनी इंगेजमेन्ट गर्दै थिइन् । मैले भनें इंगेजमेन्ट गर । यसको लागि फिल्म किन छोड्नुपर्यो ? फेरि उनले भनिन् कि बिहे गर्नु छ । मैले भनें त्यसो भए बिहे गर ।’ सलमानले अगाडि भने ‘फिल्ममा प्रियंकाको काम ७५–८० दिनको थियो । बिहेका लागि चार दिनको तयारी अनि चार दिनको बिहे । आठ दिनभित्र सबै भयो त्यसपछि हनिमुन । यसैले हामीले भन्यौं कि हामी काम गर्न सक्छौं । तर उनले प्रस्ट रुपमा भनिसकेकी थिइन् कि उनी फिल्म भारतको हिस्सा बन्न चाहन्नन् ।’

सलमानले यो पनि भने कि फिल्म छोड्न प्रियंकालाई निकै कठिन भएको थियो होला । किनकि यो फिल्म गर्नको लागि उनले मरिहत्ते गरेकी थिइन् । प्रियंका र सलमानकी बहिनी अर्पिता नजिकका साथी हुन् । सलमानले प्रियंकाले अर्पितालाई सलमानसँग काम गर्नको लागि पटक पटक फोन गरेको बताए । सलमानले भने ‘प्रियंकाले अर्पितासँग हजार पटक फोनमा भनेकी थिइन् कि उनी यो फिल्ममा मसँग काम गर्न चाहन्छिन् । यतिमात्र होइन उनले अली अब्बास जफर (भारतका निर्देशक) लाई पनि भनेकी थिइन् कि मेरो लायक यो फिल्ममा केही भए मलाई भन्नू ।’

विगत अढाइ वर्षदेखि बलिउडबाट बाहिर रहेकी प्रियंकाले भारत साइन गरेकी थिइन् । तर जुलाइमा सुटिङ सुरु हुनुभन्दा ४ दिन पहिले उनले फिल्म छोडिन् । उनको ठाउँ कटरिना कैफले लिएकी छिन् । सलमानले अन्तरवार्तामा भने कि उनी आफैंलाई थाहा छैन प्रियंकाले भारत किन छोडिन् । सलमानले भने ‘यो पनि हुन सक्छ कि उनी हाम्रो उद्योग बलिउडमा नै काम गर्न चाहन्नन् र हलिउडमा मात्र फिल्म गर्न चाहन्छिन् । जेसुकै भए पनि मैले उनलाई शुभकामना दिन्छु । हामी उनको इंगेजमेन्टको लागि खुसी छौं ।’

२०७५ भदौ २३ गते १०:०७ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर