पाँच वर्ष भित्र नेपालको गरिबी अन्त्य गर्ने प्रधानमन्त्री ओलीको घोषणा

आजको खबर   |    प्रकाशित : २०७५ भदौ २३ गते १०:१७

काठमाडौँ। प्रधानमन्त्री केपी ओलीले बाढी र पहिरोको चपेटामा परेको बस्तीको उचित व्यवस्था गर्ने बताएका छन्।

प्रधानमन्त्री ओलीले ५ वर्ष भित्र गरिबी अन्त्य गर्ने घोषणा पनि गरे। शनिबार ओली वंश अक्षय कोषले आफ्नै सरकारी निवास बालुवाटारमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले गरिवी अन्त्यका लागि विकास निर्माणको कामलाई तीव्र रुपमा अघि बढाइएको दावी गरे।

प्रधानमन्त्री ओलीले विकास निर्माणको काममा भ्रष्टाचार गर्नेमाथि कडा कार्वाही गर्ने चेतावनी पनि दिए। उनले केही स्वार्थी तत्वहरुले आफ्नो स्वार्थसिद्धीका लागि सरकारको विरोध गरिरहेको आरोप लगाए।

प्रधानमन्त्री ओलीले सुशासन र विकासको बाटोबाट मुलुकलाई समृद्ध बनाउन लागिएको पनि स्पष्ट पारे। उनले मुलुकको समृद्धिका लागि पूर्वजहरुको ज्ञान, सीपको उपयोग गरेर अघि बढने योजना पनि सुनाए। कार्यक्रममा प्रधानमन्त्री ओलीलाई सम्मान पनि गरिएको थियो।

२०७५ भदौ २३ गते १०:१७ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर