ज्वाईको कारण फसे सलमान खान ! लाग्यो यस्तो आरोप

आजको खबर   |    प्रकाशित : २०७५ भदौ २३ गते १२:५७

एजेन्सी । बलिउड सुपस्टार सलमान खानको चलचित्र फिल्म लवरात्रि रिलिजभन्दा पहिला नै विवादमा फस्न लागेको छ । सलमान खानको प्रोडक्सन हाउसबाट बनेको चलचित्र लवरात्री उनका ज्वाई आयुश शर्माको हो । हिन्दुवादी संगठनले हिन्दुको सबैभन्दा ठूलो चाड नवरात्रिलाई फिल्ममा गलत ढंगबाट प्रयोग गरेको अरोप लगाएका छन् ।

“लवरात्री” बिरुद्व बिहारको मुज्जफरपुरका एक वकिल सुधीर कुमार ओझाले बिहार अदालतमा एक केस फाइल गरेका हुन् । \

भारतीय सञ्चारमाध्यमका अनुसार, केसमा उनले फिल्मका प्रस्तुतकर्ता सलमान खानविरुद्ध हिन्दु भावनामा ठेस पुर्याएको आरोप लगाएका छन् । १२ सेप्टम्बरमा यो मुद्दामा सुनुवाई हुने छ । सुधीरले नवरात्रिमा रिलिज गर्न लागिएको फिल्मले धार्मिक भावनामा ठोस लाग्ने भन्दै मुद्दा हालेका हुन् । सुधीरले सलमानका साथै फिल्मका निर्देशक अभिराज मीनावाला, राम कपुर, रोनियत रोयविरुद्ध पनि मुद्दा हालेका छन् ।

२०७५ भदौ २३ गते १२:५७ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर