श्रद्दाको खस्किदो करिअरमा “स्त्री” गर्यो राहात, साता दिन नपुग्नै फिल्म सुपरहिट

आजको खबर   |    प्रकाशित : २०७५ भदौ २३ गते १३:२६

एजेन्सी । श्रद्धा कपुर स्टारर फिल्म ‘स्त्री’ले बक्स अफिसमा राम्रो ब्यापार गरेको छ । लगातार फ्लप भएको फिल्मका कारण निराश भएकी श्रद्धा कपुरको करिअरमा शुक्रबारदेखि रिलिज भएको चलचित्र ‘स्त्री’ले ठुलो राहत दिएको छ ।

प्रदर्शनरत हरर कमेडी फिल्म “स्त्री” ले लगानी भन्दा दोब्बर बढी कमाई गरेको छ । फिल्म ‘स्त्री’फिल्मले एक हप्तामा ५६ करोड कमाइ गरेपछि गरेको छ ।

बक्स अफिसमा असफलजस्तै भएकी श्रद्धा स्त्रीको सफलताले उत्साहित बनेको भारतीय मिडियाले उल्लेख गरेका छन् । यसले उनको करिअरमा ऊर्जा थपिदिएको आकलन गरिएको छ । फिल्म प्रदर्शनमा आएको साता दिन नपुग्नै सुपरहिट भएको छ । फिल्ममा राजकुमार राव र श्रद्धा कपुरको मुख्य भूमिका छ ।

२०७५ भदौ २३ गते १३:२६ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर