७३ वर्षदेखि तालमा डुबेको रहस्य बाहिरिनासाथ हंगामा, लिलामीमा किन्नलाई करोडौंको बोली

आजको खबर   |    प्रकाशित : २०७५ भदौ २३ गते १४:३८

एजेन्सी। फ्रान्समा ७३ वर्षदेखि तालमा डुबिरहेको वस्तुले बाहिर निस्किनासाथ पूरै शहरमा हंगामा मच्चाएको छ।

यो वस्तुलाई किन्न लिलामीमा तँछाडमछाड नै भयो । तालबाट ७३ वर्ष पहिले डुबेको कार बाहिर निकालिएको थियो। यसको लिलामीमा यो कार झण्डै ४ करोड नेपाली रुपैयाँमा बिक्री भएपछि सबै चकित परेका छन्। १९२५ को भिन्टेज बुगाटी कारको यति ठूलो मूल्य त्यो समयमा परेको हो जब यो कार पूरै बर्बाद भइसकेको थियो । यसलाई किन्नेले अहिले यसलाई संग्रहालयमा राखेका छन् ।

यो कार इटली र स्विटजरल्याण्डको सीमा क्षेत्र म्याग्गियोरे तालबाट निकालिएको थियो । त्यतिबेलासम्म यो कार ७३ वर्ष पानीभित्र थियो । यो बुगाटी टाइप २२ हो जसलाई ब्रेस्किया रोडस्टारको नामले चिनिन्छ । यसमा ४ सिलिण्डर र १.५ लिटरको इन्जिन हुन्छ । यसको अधिकतम गति १०० माइल प्रतिघण्टा छ । यो कार फ्रान्सका एक व्यक्तिको नाममा दर्ता थियो र यसलाई १९३५ मा तालमा खसालिएको थियो । यो कार तालमा डुब्नुको पनि एक कहानी छ ।

यो बुगाटीका मालिक ग्रान्ड प्रिक्स मोटर रेसिङका सौखिन थिए । उनले १९३४ मा पोकर गेममा स्विस नागरिक एडलबर्ड बोगेसँग यो कार हारेका थिए । त्यसपछि कार जित्ने एडलबर्ड यो कारबाट स्विजरल्याण्डको सीमा पार गर्न चाहन्थे । तर, कार स्विजरल्याण्ड लैजान उनले कारको महंगो आयात कर दिन सकेनन् । यस्तोमा उनले कार स्विस अफिसरको जिम्मा लगाए र कारलाई जेसुकै गर्नु भनेर गए किनकि उनको लागि यो कारको केही काम थिएन ।

स्विस अफिसरहरुले यसलाई तालमा खसालिदिए । कार डुबेर तालको पिँधमा पुग्यो । त्यसपछि तालभित्र कार कहाँ छ भन्ने १९६७ मा थाहा भयो । गोताखोर उगो पिल्लनले यसको अवशेष देखेका थिए । त्यसपछि स्थानीय डाइभ क्लवलाई यो कार बाहिर निकाल्न ४० वर्ष लाग्यो । क्लवले युवा हिंसाका विषयमा चेतनामूलक कार्य गर्न पैसा जुटाउने उद्देश्यले यो कार लिलाम गर्ने निर्णय गर्यो । कारलाई पेरिसको रेट्रोमोबाइलमा बोनहाउस अक्सनमा राखियो । यसलाई लिलामीमा क्यालिफोर्नियाको अटोमोटिभ म्युजियमका मालिक पिटर मुलिनले ४ करोड ३० लाख नेपाली रुपैयाँ बराबर मूल्यमा किने । अहिले कार तालबाट निकाल्दाकै हालतमा संग्रहालयमा राखिएको छ ।

डिसी नेपाल डटकमबाट साभार

२०७५ भदौ २३ गते १४:३८ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर