संचिता लुइँटेलद्वारा अभिनित चलचित्र ‘गुनगुन’को टिजर सार्वजनिक

आजको खबर   |    प्रकाशित : २०७५ भदौ २३ गते १४:५३

काठमाण्डौ । अभिनेत्री संचिता लुइँटेलद्वारा अभिनित चलचित्र ‘गुनगुन’को टिजर सार्वजनिक भएको छ । बिवाहपछि फिल्म ‘राधा’बाट लामो समय पछी कमब्याक गरेकी अभिनेत्री संचिता लुइँटेल राधा पछी कुनै फिल्ममा देखिएकी थिइनन् ।

फिल्मको सार्वजनिक टिजरमा प्रेम र द्वन्द्वलाई प्रस्तुत गरिएको छ । पुकार भट्टराईले निर्देशन तथा प्रार्थना फिल्म्सको प्रस्तुतिमा तयार भएको फिल्ममा संचिताका साथै रवीन्द्र प्रताप सेन, सुवास मेचे, नविन श्रेष्ठ, गणेश जिसी, देशभक्त खनाल लगायत कलाकारहरुको अभिनय छ। यो फिल्म आगामी कात्तिक ३० गतेबाट दर्शकमाझ रिलिज हुँदैछ ।

२०७५ भदौ २३ गते १४:५३ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर