गोकर्णेश्वरमा पिण्डदान गर्नेको भीड, हेर्नुस् ६ तस्विर

आजको खबर   |    प्रकाशित : २०७५ भदौ २४ गते ५:१६

काठमाडौँ। भाद्र कृष्ण औँशीका दिन आइतबार बिहानैदेखि राजधानीको उत्तरपूर्वमा रहेको गोकर्णेश्वर महादेव मन्दिर परिसरमा दिवङ्गत पितृप्रति तर्पण, पिण्डदान र श्राद्ध गर्ने भक्तजनको भीड लागेको छ।

पितृ तीर्थधाम एवं उत्तरगया भनेरसमेत चिनिने यस स्थलमा आई आज तर्पण, पिण्डदान र श्राद्ध गरे घर, मामाघर र ससुरालीतर्फका २१ पुस्तासम्मका पितृ तर्दछन् भन्ने धार्मिक विश्वास छ। यही विश्वासमा यहाँ देशका विभिन्न भागबाट आएका लाखौँ भक्तजनको बिहानैदेखि भीड लागेको थियो । कति भक्तजन शनिबार बेलुकी नै मन्दिर परिसरमै आएर बसेका थिए।

बिहान ८ बजेसम्म मघा तिथि रहेकाले त्यसपछि तीर्थ श्राद्ध गर्न सकिने धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले बताए। वैदिक सनातन हिन्दू र बौद्ध धर्मावलम्बी आफ्ना दिवङ्गत पितृप्रति श्रद्धा भक्तिपूर्वक जलदान एवं पिण्डदान गर्न आज यहाँ भेला भएका छन्।

सबै तस्वीर: आर्यन धिमाल

२०७५ भदौ २४ गते ५:१६ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर