प्रियंकाले लगाइन् यति महंगो ड्रेस ! मुल्य थाहा पाउनुभयो भने होस उड्नेछ

आजको खबर   |    प्रकाशित : २०७५ भदौ २४ गते १०:०१

एजेन्सी। प्रियंका चोपडा हालै न्यूयोर्क फेशन विकका क्रममा भएको डेलि फ्रन्ट रो मिडिया फेशन अवार्डसमा पुगिन् । कार्यक्रमका केही फोटोहरु सामाजिक संजालमा आएका छन् जसमा प्रियंका निकै सुन्दर दखिएकी छिन् । सबैभन्दा बढी चर्चामा छ प्रियंकाले लगाएको ड्रेस जो उनले इभेन्टका क्रममा लगाएकी थिइन् ।

भारतीय मिडियाका अनुसार प्रियंकाले कार्यक्रममा डायोन लीको जो टप र स्कर्ट लगाएकी थिइन् त्यसको मूल्यले मुम्बइबाट बैंकक पुगेर घुरेर फर्किन सकिन्छ । प्रियंकाको टपको मूल्य २१ हजार र स्कर्टको मुल्य ४० हजार भएको बताइएको छ । उनको कूल ड्रेसको मूल्य ६१ हजार हुन आउँछ । जबकि मुम्बइबाट बैंकक टुरको प्याकेज दिने कम्पनीले ५५ हजारमा ४ दिन र ४ रातको प्याकेज दिन्छन् जसमा हवाइ भाडासहित बैंकक बस्ने होटल भाडा र खाना खर्च पनि संलग्न गरिएको छ ।

२०७५ भदौ २४ गते १०:०१ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर