माओवादी केन्द्रको पार्टी कार्यालयमा ३ वटा बम फेला

आजको खबर   |    प्रकाशित : २०७५ भदौ २४ गते १०:०७

इलाम। इलाम सदरमुकाममा तीन वटा बम फेला परेको छ। इलाम नगरपालिका– ७ नारायणस्थान नजिकै तत्कालीन सो बम फेला परेको हो।

पार्टी कार्यालयमा पुरानो दुईवटा सकेट बम र एउटा सुतली बम भेटिएको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ।

बम भेटिएको स्थानमा प्रहरीले सुरक्षा दिइरहेको र निष्क्रिय गर्ने काम भइरहेको बताइएको छ। गस्ती गर्ने क्रममा शङ्कास्पद वस्तु देखिएपछि जाँच गर्दा बम भएको पुष्टि भएको हो।रासस

२०७५ भदौ २४ गते १०:०७ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर