दिउँसै बिच सडकमा युवतीले कपडा खोलेर युवकलाई भुँइमा लडाइन अनि गरिन् यस्तो …..

आजको खबर   |    प्रकाशित : २०७५ भदौ २४ गते १०:४७

एजेन्सी। दक्षिण–पश्चिम ब्राजीलमा एक युवतीले आफूलाई जिस्क्याएर सताउने एक युवकलाई यस्तो सजाय दिएकी छन् ती युवकले जीवनभर उक्त सजाय भुल्ने छैनन् । युवतीको यो व्यवहार त्यस्ता युवती र महिलाकालागि प्रेरणा हो जो आफूमाथि भइरहेका अत्याचार र हिंसालाई चुपचाप रहेर बस्छन्।

जानकारीका अनुसार दक्षिण–पश्चिम ब्राजीलको एक सहरको सिटी सेन्टर एक युवती पर्चा बाँडिरहेकी थिइन्। यही बेला एक युवक ती युवती नजिकै आएर अश्लिल हर्कत गर्न थाले। उनले युवतीलाई धेरै समयसम्म जिस्क्याए । सुरुमा त युवतीले ती युवकलाई देखेको नदेखे झैँ गरिन्। तर युवकले अति गरेपछि उनले युवकलाई पाठ सिकाउने योजना बनाइन्।

यतिबेला सामाजिक संजालमा एक भिडियो भाइरल भएको छ। जहाँ आफूलाई अश्लिल हर्कत गर्ने युवकलाई युवतीले सडकमा लडाएर खुट्टाले थिचेकी छन्। आक्रोशित युवतीले आफ्नो टप खोलेर ‘ल हेर के हेर्न चाहन्छस्’ भन्दै चिच्याउँछिन्।

युवतीले युककलाई भुइामा लडाएर मुक्का प्रहार गर्दै भनिन्, ‘ल जे गर्ने हो गर। तेरो हिम्मत कति रहेछ म पनि हेर्छु।’ युवतीले आफूमाथि हात पात गरेपछि वेसहारा भएको युवक भूँइ मै सुतेर माफी मागे । घटना भएका बेला त्यहाँ उपस्थित एक व्यक्तिले भिडियो बनाएर सामाजिक संजालमा पोस्ट गरे। जुन अहिले भाइरल भइरहेको छ।

२०७५ भदौ २४ गते १०:४७ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर