सलमानको छोरीसँग रानी मुखर्जिले आफ्नो छोराको बिहे गर्ने !

आजको खबर   |    प्रकाशित : २०७५ भदौ २४ गते १०:५७

एजेन्सी । सलमान खान पछील्लो समय फिल्म ” भारत” मा र आफ्नो टिभी शो ‘दश का दम’ मा निक्कै ब्यस्त छन् । उनले कैयौ सेलिब्रेटिलाई आफ्नो शोमा ल्याएका छन् । यस्तैमा उनले रानी मुखर्जि र सारुख खानलाई आफ्नो शोमा ल्याएका थिए । सलमानलाई आफ्नै शोमा रानी मुखर्जीले ठुलो सरप्राइज दिएकी छिन् ।

शाहरुख खानले आफ्नो कान्छो छोरा अबराम सलमान खान जस्तै भएको बताए । उनले भने, ‘उ हरेक सानो-सानो कुरामा मलाई र गौरीलाई आफुले धेरै माया गर्ने कुरा गर्छ र लगभग हरेक केटिलाई प्रेम प्रस्ताव राखी हाल्छ ।’


रानी मुखर्जीले सलमानलाई जिस्कउदै भनिन् , ‘सलमान मेरो चाहना छ कि तिम्रो छोरी होस् । तिम्री छोरी अत्यन्तै सुन्दर हुन्छिन् र उसमा तिम्रो सबै खुबी होस् । वास्तवमा म अबरामसंग तिम्रो छोरीको जोडी हेर्न चहान्छु ।’

यसै कुरा मोड्दै सारुख खानले भने, ‘हामीले रानीलाई शोमा बोलाउनु नै हुदैन थियो । आए देखि उ यस्तै मात्र कुरा गर्दै छे । कसको बिहे को संग, उसको नाम रानी मुखर्जी हैन शादी मुखर्जी हुनु पर्ने थियो ।’

२०७५ भदौ २४ गते १०:५७ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर