विप्लवका प्रवक्ता प्रकाण्डलाई फेरि ८ दिन थुनामा राख्न निर्देशन

आजको खबर   |    प्रकाशित : २०७५ भदौ २४ गते १२:४२

दाङ । नेत्र बिक्रम चन्द विप्लप नेतृत्वको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डलाई आठ दिन थुनामा राखेर अनुसन्धान गर्न जिल्ला अदालतले अनुमति दिएको छ ।

देउखुरी जिल्ला अदालतले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका क्रममा तुलसीपुरमा भएको बम विस्फोट मुद्दामा विश्वकर्मालाई आठ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।

गत शुक्रबार प्रवक्ता विश्वकर्मालाई भोजपुरबाट दाङ लगिएको थियो । भोजपुरबाट हिडेको दिन बुधबारबाट आठ दिनको म्याद थप भएकाले अब प्रहरीलाई तीन दिन मात्रै समय बाँकी छ । आइतबारसम्म पाँच दिन बितिसकेकाले तीन दिनमा यथेष्ट प्रमाणसहित पेश गर्न अदालतले आदेश दिएको छ ।

शुक्रबार कार्यालय बन्द भएकाले आइतबार अदालत पेश गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । निर्वाचनका क्रममा गत वर्ष मंसिर १२ गते बम बिस्फोट हुँदा म्यादी प्रहरी तुलसीपुर–१२ क्वाङीका २३ वर्षीय विनोद चौधरीको मृत्यु भएको थियो ।

२०७५ भदौ २४ गते १२:४२ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर