शिक्षकले छात्रालाई ‘हामी पूर्वजन्ममा पतिपत्नी थियौं मसँग हिँड’ भनेपछि…

आजको खबर   |    प्रकाशित : २०७५ भदौ २४ गते १३:०७

इन्जिनियरिङ पढ्ने एक छात्रा आत्तिँदै परिवारसमेत उजुरी दिन प्रहरीकहाँ पुगिन् । ती छात्राको उजुरी यतिसम्म अनौठो थियो कि एकछिन त प्रहरीकै होस उड्यो । ती छात्राका अनुसार उनी पढ्ने कलेजकी एक शिक्षिकाले उनलाई ‘हामी पूर्वजन्ममा पतिपत्नी थियौं’ भन्दै आफूसँगै बस्न दबाब दिइरहेकी थिइन् ।

ती शिक्षिका मुम्बइकी हुन् र उनी इन्दौरमा बसेर पढाउने काम गर्छिन् । इन्दौरमै इन्जिनियरिङमा बीइ गर्दै गरेकी छात्रालाई उनले यस्तो दबाब दिएकी थिइन् । ती शिक्षिकाले छात्रालाई भन्थिन् कि ‘हामी पूर्वजन्ममा पतिपत्नी थियौं । एक सडक दुर्घटनामा हाम्रो मृत्यु भएको हो । यो जन्ममा पनि हामी सँगै रहन्छौं अतः मसँग मुम्बइ हिँड ।’

शिक्षिकाको कुरा सुनेर डराएका परिवारले प्रहरीमा उजुरी गरेर आरोपीलाई गिरफ्तार गराएका छन् । ती शिक्षिकाले ४ महिनाअघिदेखि छात्रालाई दबाब दिइरहेकी थिइन् । परिवारले २ महिनाअघि पनि उजुरी दिएको थियो तर त्यतिबेला पुलिसले कुनै कारवाही गरेको थिएन । तिलक नगर पुलिसले हिजो शनिबार शिक्षिका र एक सिपाहीलाई पक्राउ गरेको छ ।

डिसी नेपाल डटकमबाट साभार

२०७५ भदौ २४ गते १३:०७ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर