प्रचण्ड-ओलीले ठुलो मूल्य चुकाउनुपर्ने प्रकाण्डको चेतावनी

आजको खबर   |    प्रकाशित : २०७५ भदौ २४ गते १४:००

काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्माले ओली सरकारले ठुलो मूल्य चुकाउनुपर्ने चेतावनी दिएका छन् । बारम्बार पक्राउ पर्दै आएका प्रकाण्डले ओली र दाहालले यसको ठुलो मूल्य चुकाउनुपर्ने बताएका हुन।

देउखुरी जिल्ला अदालतले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका क्रममा तुलसीपुरमा भएको बम विस्फोट मुद्दामा विश्वकर्मालाई आठ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएपछि सञ्चारकर्मी सँग उनले यस्तो बताएका हुन।

गत शुक्रबार प्रवक्ता विश्वकर्मालाई भोजपुरबाट दाङ लगिएको थियो । भोजपुरबाट हिँडेको दिन बुधबारबाट आठ दिनको म्याद थप भएकाले अब प्रहरीलाई तीन दिन मात्रै समय बाँकी छ । आइतबारसम्म पाँच दिन बितिसकेकाले तीन दिनमा यथेष्ट प्रमाणसहित पेश गर्न अदालतले आदेश दिएको छ ।

शुक्रबार कार्यालय बन्द भएकाले आइतबार अदालत पेश गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । निर्वाचनका क्रममा गत वर्ष मंसिर १२ गते बम बिस्फोट हुँदा म्यादी प्रहरी तुलसीपुर–१२ क्वाङीका २३ वर्षीय विनोद चौधरीको मृत्यु भएको थियो ।

२०७५ भदौ २४ गते १४:०० मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर