अटोरिक्साको ठक्करबाट महिलाको मृत्यु

आजको खबर   |    प्रकाशित : २०७५ भदौ २५ गते ०:२१

राजविराज । भारदह–कुनौली सडक खण्डअन्र्तगत सप्तरीको हनुमाननगर कङ्कालनी नगरपालिका–१४ स्थित डलुवामा अटोरिक्साको ठक्करबाट आइतबार एक महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–३ बस्ने ६५ वर्षीया मान्सादेवी सदा रहेको इलाका प्रहरी कार्यालय हनुमाननगरले जनाएको छ ।

ठक्करबाट गम्भीर घाइते भएकी उनलाई उपचारको लागि विराटनगरस्थित न्यूरो अस्पताल लैजाने क्रममा बीचबाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

सडकमा गुडिरहेको अटोरिक्सा नम्बर स १ ह २३०३ ले बाटोमा हिंडिरहेकी सदालाई ठक्कर दिएको थियो । अटोरिक्साका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

२०७५ भदौ २५ गते ०:२१ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर