मिश्रविरुद्धको सुनुवाइ आज

आजको खबर   |    प्रकाशित : २०७५ भदौ २५ गते १:३७

काठमाडौं । प्रस्तावित प्रधानन्यायाधीश ओमप्रकाश मिश्रविरुद्धको सुनुवाइ आज सोमबार हुँदैछ । समितिको बैठकले मिश्रविरुद्ध परेका उजुरीको सुनुवाइ गर्ने निर्णय गरेको समिति सदस्य पूर्णाकुमारी सुवेदीले जानकारी दिए।

उनिविरुद्ध परेका उजुरीहरु माथि उजुरीकर्तासँग आइतबार सोधपुछ गरिएको थियो । प्रस्तावित प्रधानन्यायाधीशविरुद्ध चार वटा उजुरी परे पनि एउटा उजुरी फिर्ता लिइएको थियो ।

यसअघि प्रधानन्यायाधीशका लागि संवैधानिक परिषद्ले दीपकराज जोशीको नाम संसदीय सुनुवाइका लागि सिफारिस गरेकोमा सुनुवाइ समितिले उनको नाम अस्वीकृत गरेको थियो । जोशीको नाम अस्वीकृत भएपछि संवैधानिक परिषद्ले सर्वोच्च अदालतका वरिष्ठतताका आधारमा न्यायाधीश मिश्रको नाम संवैधानिक परिषद्मा पठाएको थियो । सर्वोच्च अदालत विगत पाँच महिनादेखि नेतृत्वविहीन छ ।

२०७५ भदौ २५ गते १:३७ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर