सप्तरीमा ट्रकको ठक्करबाट दुई जनाको मृत्यु

आजको खबर   |    प्रकाशित : २०७५ भदौ २५ गते २:१०

राजविराज । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको सम्भुनाथमा ट्रकको ठक्करबाट आइतबार साँझ दुई जनाको मृत्यु भएको छ ।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना २ ख ३००१ नम्बरको ट्रकले विपरीत दिशाबाट आउँदै गरेको बा ५० प ६००० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक झापाको मेची नगरपालिका–६ बस्ने ३४ वर्षीय अर्पण तामाङको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

त्यस्तै मोटरसाइकलको पछाडि सवार सोही ठाउँका २८ वर्षीय अल्केश थापाको पनि मृत्यु भएको छ । उनको भने उपचारको लागि राजविराजस्थित गजेन्द्र सिंह सगरमाथा अञ्चल अस्पतालमा ल्याउने क्रममा बाटोमा नै मृत्यु भएको जिप्रकाले जनाएको छ ।

२०७५ भदौ २५ गते २:१० मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर