इन्द्रजात्राको साइत मंगलबारदेखि, यस्तो छ जात्राको अन्य कार्यक्रमको साइत

आजको खबर   |    प्रकाशित : २०७५ भदौ २५ गते ३:००

काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको इन्द्रजात्राको साइतका कार्यक्रम भदौ २६ गते मंगलबारदेखि शुरु हुने बताएको छ ।

मंगलबार बिहान ११ बजेर ४९ मिनेटमा इन्द्रध्वजोत्थानको लिङ्गो लिन जानका लागि वनयात्राको साइत निस्किएको समितिका अध्यक्ष एवं धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले जानकारी दिए।

मङ्गलबार राति ९ बजेर २१ मिनेटमा लिङ्गोको रुख काट्ने साइत छ । काटिएको लिङ्गोलाई नगरअर्थात् भोटाहिटी प्रवेश गराउने साइत असोज १ गते सोमबार बिहान १० बजेर १७ मिनेटमा छ । नगर प्रवेश गराइएको लिङ्गोलाई असोज ५ गते शुक्रबार बिहान ८ बजेर ५ मिनेटमा इन्द्रध्वजोत्थानका रुपमा ठड्याउने साइत दिइएको छ ।

इन्द्रजात्राको मुख्य दिन असोज ८ गते सोमबार तल्लो टोलमा कुमारी यात्रा गराइनेछ । ९ गते मङ्गलबार माथिल्लो टोलमा कुमारी यात्रा गराइन्छ । असोज १२ गते शुक्रबार नानीचा यात्रा गराई त्यसै दिन राति १० बजेर २७ मिनेटमा इन्द्रध्वज पातनअर्थात् लिङ्गो ढाल्ने साइत दिइएको समितिले जनाएको छ ।

यसरी असोज १२ गते शुक्रबार तीन हप्ता लामो इन्द्रजात्रा समाप्त हुनेछ ।रासस

२०७५ भदौ २५ गते ३:०० मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर