काठमाडौंमा बन्धक बनाएर बालिकाको बलात्कार, एक युवक पक्राउ

आजको खबर   |    प्रकाशित : २०७५ भदौ २५ गते ७:१४

काठमाडौं । काठमाडौंको कीर्तिपुरमा दुई जना बालिकालाई बन्धक बनाएर बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कैलालीको घोडाघोडी घर भई हाल काठमाडौं किर्तिपुर–७, हनुमानघाट बस्ने २५ वर्षीय हेमबहादुर खत्री छन् । उनलाई प्रहरीको टोलीले आइतबार नियन्त्रणमा लिएको हो । त्यस्तै, पीडित बालिकाको पनि प्रहरीले उद्दार गरेको छ ।

सिन्धुपाल्चोक घर भएका १४ र १३ वर्षका ती दुई बालिका ४ दिनअघिदेखि हराइरहेका थिए । खत्रीले दुवै बालिकालाई ललाई–फकाई आफ्नो डेरामा लगेर बन्धक बनाएको प्रहरीले जानकारी दिएको छ। खत्रीले चार दिनसम्म बन्धक बनाई बलात्कार गरेको प्रहरीको दाबी छ।

जसमध्ये एक बालिकालाई आइतबार बिहान बल्खु ल्याएर छाडेपछि उनले प्रहरीलाई फोन गरेकी थिइन्।

त्यसैको आधारमा प्रहरीले बालिकाको उद्धार गर्दै खत्रीलाई नियन्त्रणमा लिएको हो।

दुवै जनालाई स्वास्थ्य परीक्षणका लागि प्रसुति गृह पठाइएको र र अभियुक्त खत्रीलाई हिरासतमा राखी घटनाबारे अनुसन्धान थालिएको प्रहरीको भनाई छ ।

२०७५ भदौ २५ गते ७:१४ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर