चलचित्रमा कहिले पनि नेगेटिभ रोल नगर्ने सुपस्टार सलमान खानको प्रण

आजको खबर   |    प्रकाशित : २०७५ भदौ २५ गते १०:१२

सुपरस्टार सलमान खान बलिउडका सर्वाधिक फ्यान फलोइंग भएका कलाकार मध्येका एक हुन् । सलमानको फिल्म सबैभन्दा बढी सुपरहिट भइरहेको छ ।

युवापुस्तामा उनको भूमिका निकै चर्चित छ जसका कारण उनले कहिले पनि नेगेटिभ रोल नगर्ने निर्णय लिएका छन् । पर्दामा नेगेभिट रोल निभाउँदा त्यसको प्रत्यक्ष प्रभाव दर्शकमा पर्ने हुँदा भिलेनको भूमिका कहिल्यै नगर्ने उनको प्रण छ ।

‘प्रशंसकहरु आँखा बन्द गरेर आफ्नो फेभरेट स्टार्सको क्यारेक्टर र यसको स्टाइलको दोहोर्‍याउँछन् । यसकारण मैले निर्णय लिएको छु कि म कहिले पनि नेगेटिभ रोल गर्ने छैनँ’, उनले भने ।

सलमानले घुमाउरो शैलीमा ‘धूम’ सिरिजको चौंथो भागमा भिलेनको भूमिकामा नदेखिने पनि स्पष्ट पारे । ‘धूम ४’ मा उनको भूमिकालाई लिएर हल्ला पनि चलेको थियो । अब यसलाई उनको बयानले ‘फुलस्टप’ लगाएको छ ।

अहिले सलमान अली अब्बास जफरको फिल्म ‘भारत’ को छायांकनमा व्यस्त छन् । योसँगै उनको टिभी शो ‘बिग बोस’ को १२ औं सिजन पनि सुरु हुँदैछ ।

२०७५ भदौ २५ गते १०:१२ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर