यी तीन समयमा भुलेर पनि नसुत्नुहोस् ! खतरनाक होला

आजको खबर   |    प्रकाशित : २०७५ भदौ २५ गते १०:५६

एजेन्सी । तर तपाईलाई थाहा छ, गलत समयमा सुत्दा स्वास्थ्यका लागि खतरनाक हुन्छ । त्यसैगरी धार्मिकरुपमा पनि गलत समयमा सुत्नु नराम्रो मानिन्छ । धर्म शास्त्रका अनुसार यि तिन सायमा सुत्न कहिले पनि नहुने उल्लेख गरिएको छ । ह

१, सूर्याेदय पछि सुत्नु

सूर्याेदयपछि पनि सुतिरहनेसँग धनकी देवी लक्ष्मी बेखुसी हुने शास्त्रमा उल्लेख छ । यस्ता ब्यक्तिहरुसँग जति पैसा भएपनि सन्तुष्ट रहन सक्दैनन् । यस्ता ब्यक्तिलाई सँधैव मानसिक तनाव हुन्छ । र स्वास्थ्य पनि राम्रो हुँदैन ।

२, मध्यान्नको समयमा

शास्त्रका अनुसार मध्यान्नमा सुत्दा स्वास्थ्यमा पनि नकारात्मक प्रभाव पर्छ । खासगरी दिउँसोको खानापछि सुत्ने मान्छेमा भुँडी लाग्ने समस्या देखिन्छ । मध्यान्नको सुताइले पाचन प्रणालीमा पनि समस्या आउँछ । अपच र कब्जियत पनि हुने जानकारहरु बताउँछन् । अतः मध्यान्नको समयमा सुत्नु भन्दा काम गर्नु राम्रो मानिन्छ ।

३, सूर्यास्त समयमा

खासगरी सूर्यास्तको समयमा पुजा अर्चना गर्ने समय भएका कारण पनि यतिबेला सुत्नु हुँदैन भन्ने धार्मिक विश्वास छ । शास्त्रका अनुसार विनाकारण साँझको समयमा सुत्ने ब्यक्तिले सहजै सफलता पाउन सक्दैनन् ।

यद्यपी गर्भवती वा विरामीहरु भने सुतेपनि कुनै दोष लाग्दैन भनिएको छ ।

२०७५ भदौ २५ गते १०:५६ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर