सुन समात्ने प्रहरीलाई १० किलो सुन दिने तस्करको ‘अफर’, प्रहरीले दिए यस्तो जवाफ

आजको खबर   |    प्रकाशित : २०७५ भदौ २५ गते १२:५२

काठमाडौं । तिब्बतबाट अवैध रुपमा नेपाल भित्र्याइँदै गरेको सुन समात्ने प्रहरीलाई तस्करले १० किलो सुन दिने अफर गरेको प्रहरी अधिकारीले खुलासा गरेका छन्। तर, प्रहरीले अस्वीकार गरी सुनसहित उनीहरुलाई पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय पठाएका छन्।

यसरी सुन समात्ने प्रहरी अहिले पुरस्कृत भएका छन्। गोरखाको चुमनुव्री गाउँपालिका-३ फिलिम स्थित सिर्दिवास प्रहरी चौकीका इन्चार्ज प्रहरी नायव निरीक्षक तुलबहादुर सेनलाई जिल्ला प्रहरी कार्यालयले नगदसहित पुरस्कृत गरेको हो।

शनिबार सिर्दिवासबाट अवैध दश किलो सुनसहित छेकम्पारका दुई जना पक्राउ परेका थिए। ५८ वर्षीय मुटुप लामा भन्ने छिरिङ मुटुप लामा र २८ वर्षीय लोप्चन तेन्वेलाई सुनसहित समातेपछि उनीहरुले सुरुमा प्रनानि सेनलाई ५ किलो सुन दिने प्रस्ताव गरेका थिए। तर, सेनले नमानेपछि उनीहरुले सबै १० किलो सुन राखेर आफुहरुलाई मात्र छाडिदिन आग्रह गरेका थिए। सेनले भने सुनसहित दुवैलाई पक्राउ गरेर सदरमुकाम पठाए।

२०७५ भदौ २५ गते १२:५२ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर