१६ वर्षीया किशोरीको बलात्कार गरेर भागेका अभियुक्त पक्राउ

आजको खबर   |    प्रकाशित : २०७५ भदौ २६ गते १:२६

नुवाकोट । जबर्जस्ती करणी गरी फरार रहेका अभियुक्तलाई प्रहरीले तीन महिनापछि पक्राउ गरी सोमबार नुवाकोट ल्याएको छ।

गत असार २७ गते १६ वर्षीया किशोरीलाई जबर्जस्ती करणी गरी भागेका अभियुक्त तादी गाउँपालिका–१ उर्लेनीका विनोद तामाङलाई काठमाडौंँको भृकुटीमण्डप क्षेत्रबाट आइतबार राति पक्राउ गरी ल्याइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले जानकारी दिए।

अभियुक्त तामाङलाई सोमबार अदालतमा पेश गर्दा अनुसन्धानका लागि तीन दिन म्याद थप भएको छ। तामाङले किशोरीलाई घरमा कोही नभएको बेलामा जबर्जस्ती करणी गरी फरार भएको प्रहरीले जनाएको छ।

तामाङविरुद्ध पीडित पक्षले गत असार २८ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गराएको थियो। पक्राउ परेका तामाङमाथि जबर्जस्ती करणी मुद्दामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

२०७५ भदौ २६ गते १:२६ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर