नारायणगढ–मुग्लिङ सडकमा पहिरो खसेपछि यातायात सेवा अवरुद्ध

आजको खबर   |    प्रकाशित : २०७५ भदौ २६ गते १:३४

चितवन । नारायणगढ–मुग्लिङ सडकखण्ड आज बिहानदेखि अवरुद्ध भएको छ । सो सडकखण्डको तीन ठाउँमा पहिरो खसेपछि यातायात सेवा अवरुद्ध भएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार इच्छाकामना गाउँपालिका–६ को कालीखोला, जलवीरे र चारकिलोमा पहिरो खसेको छ । पानी परिरहेकाले पहिरो पन्छाउन नसकिएको प्रहरीले जनाएको छ ।

सोही सडकखण्डको जलवीरेमा सोमबार साँझ पहिरो खसेपछि पन्छाएर राति यातायात सेवा सञ्चालन गरिएको थियो । सडक अवरुद्धसँगै यात्रु अलपत्र परेका छन् ।रासस

२०७५ भदौ २६ गते १:३४ मा प्रकाशित

FACEBOOK COMMENTS

One thought on “नारायणगढ–मुग्लिङ सडकमा पहिरो खसेपछि यातायात सेवा अवरुद्ध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर