दुई बस एकआपसमा ठोक्किँदा १९ जना घाइते

आजको खबर   |    प्रकाशित : २०७५ भदौ २६ गते १:५७

बैतडी । बस दुर्घटनामा परी सोमबार १९ जना घाइते भएका छन् ।

महेन्द्रनगरबाट दार्चुलातर्फ जाँदै गरेको ना ६ ख ७४२० नम्बरको बस तथा बैतडीको गन्नाबाट महेन्द्रनगर जाँदै गरेको ना ५ ख ७५४७ नम्बरको बस महाकाली राजमार्गअन्तर्गत सतबाँझ–गोकुलेश्वर सडकखण्डको बांगाबगरमा ठोक्किँदा दुर्घटना भएको हो ।

दुर्घटनामा गम्भीर घाइते दार्चुलाको मार्मा गाउँपालिका–३ का २७ वर्षीया मनिषा विष्ट, उनका श्रीमान ३३ वर्षीय पदम विष्ट, ३० वर्षीय सुरेन्द्र विष्ट, मार्मा–६ का २४ वर्षीय धनबहादुर नाथ र डडेल्धुरा अमरगढी नगरपालिका–६ का ४० वर्षीय रामबहादुर खड्कालाई उपचारका लागि धनगढी लगिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कान्तिराज जोशीले जानकारी दिए ।

अन्य घाइतेको दार्चुलाको गोकुलेश्वर प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ ।रासस

२०७५ भदौ २६ गते १:५७ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर