सुनकोशी नदीले बगाउँदा दुई जना बेपत्ता

आजको खबर   |    प्रकाशित : २०७५ भदौ २६ गते २:०१

बनेपा । काभ्रेपलाञ्चोकमा सुनकोशी नदीले बगाउँदा सोमबार दुई जना बेपत्ता भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक रविराज खड्काका अनुसार चौरीदेउराली गाउँपालिका–८ का १४ वर्षीय प्रदीप पहरी र सोही ठाउँका १८ वर्षीय आशिष पहरीलाई पौडी खेल्ने क्रममा सुनकोशीले बगाएको हो । गाउँकै सुनिल पहरीको मलामी गएका दुवै जना महादेवस्थान नजिकबाट पौडी खेल्ने क्रममा बगेका हुन् ।

इलाका प्रहरी कार्यालय कात्तिके देउरालीबाट प्रहरी निरीक्षक कञ्चन राजचल नेतृत्वको टोली तथा स्थानीयवासी उनीहरुको खोजीकार्यमा जुटेका छन् ।रासस

२०७५ भदौ २६ गते २:०१ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर