जेलमा सजाय काटिरहेका पाकिस्तानी पूर्व प्रधानमन्त्री नवाज शरिफकी पत्नीको निधन

आजको खबर   |    प्रकाशित : २०७५ भदौ २६ गते १२:२८

एजेन्सी। जेलमा सजाय काटिरहेका पाकिस्तानी पूर्व प्रधानमन्त्री नवाज शरिफकी पत्नी बेगम कुलसुमको निधन भएको छ । उनी लामो समयदेखि बिरामी भइ उपचाररत थिइन् । उनको लण्डनको एक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । पाकिस्तान मुस्लिम लिग नवाजका अध्यक्ष शहबाज शरिफले यसको जानकारी दिएका हुन् ।

लण्डनको हार्ले स्ट्रिट क्लिनिकमा जून २०१४ देखि निरन्तर उपचाररत कुलसुमलाई मंगलबार बिहान लाइफ सपोर्ट सिस्टममा राखिएको थियो । ६८ वर्षकी कुलसुमलाई लिम्फोमा क्यान्सर भएको अगष्ट २०१७ मा थाहा भएको थियो । नवाज शरिफसँग उनको विवाह अप्रिल १९७१ मा भएको थियो ।

२०७५ भदौ २६ गते १२:२८ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर