धेरै चिसो पानी पिउँनु हुन्छ ? सावधान ! यस्तो समस्या निम्तिन्छ

आजको खबर   |    प्रकाशित : २०७५ भदौ २६ गते १२:५२

धेरै चिसो पानी पिउँदा आउने समस्याहरु यस्ता छन् :

१) पोषण तत्व नस्ट : चिसो पानी पिउँदा हाम्रो शरीरको नियमित तापक्रममा असर पर्न जान्छ । जसले गर्दा हाम्रो शरीरको नियमित तापक्रमलाई नियन्त्रित राख्नको लागी पोषण तत्वहरुको खर्च हुन्छ । त्यसैले हाम्रो शरीरमा रहेका पोषण तत्व नाश हुन पुग्छ ।

२) घाँटीमा समस्या आउनु : हाम्रो घाँटीले धेरै चिसो साहना सक्दैन । यसले हाम्रो घाँटीमा विभिन्न खालको संक्रमण गर्छ । जसले गर्दा हामीलाई घाँटी दुख्ने , स्वोर भासिने जस्ता समस्या आउन सक्छ ।

३) पाचन पक्रियामा असर : धेरै चिसो पानीले हाम्रो रगत संचालनमा समस्या ल्याउँछ । यसले गर्दा हाम्रो पाचन पक्रिया पनि समस्या आउन सक्छ । जसले गर्दा लामो समयसम्म नि खाना नपचेका कारण खानामा रहेका पोषण तत्वहरु नाश हुन्छन् र हामीलाई हानी हुन्छ ।

४) हृदयको गति कम हुनु : चिसो पानी पिउँदा हृदयको गति कम हुन जान्छ । एक अध्ययनका अनुसार चिसो पानी पिउँदा मुटुका धमनीहरु अनावश्यक रुपमा उत्तेजित हुन्छन् । जसले शरीरको अनैच्छिक कार्यको नियन्त्रण गर्छ । यसले हृदयको गति कम हुन जान्छ ।

२०७५ भदौ २६ गते १२:५२ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर