निर्मलाको बलात्कार पछि हत्या गरेको आरोपमा पक्राउ परेका दिलीप विष्ट निर्दोष सावित !

आजको खबर   |    प्रकाशित : २०७५ भदौ २६ गते १७:२९

काठमाडौँ । कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या अभियोगमा पक्राउ परेका दिलीपसिंह विष्ट रिहा भएका छन् ।

प्रहरीले मुख्य अभियुक्तका भन्दै पक्राउ गरेका दिलीपसिंह विष्ट निर्दोष सावित भएपछि रिहा गरिएको हो । जिल्ला अदालत कञ्चनपुरले आज मंगलबार निर्मलाको डिएनएको प्रोफाइल र दिलीप सिंहको डिएनएको प्रोफाइल नमिलेप छि विष्टलाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको थियो।

जिल्ला सरकारी वकिल कार्यालय कञ्चनपुरका न्यायाधिवक्ता खेमराज भट्टका अनुसार निर्दोष देखेपछि उनलाई अदालतले साधारण तारेखमा रिहा गर्ने आदेश दिएको छ ।

दिलिपसिंह विष्ट निर्दोष रहेको प्रमाणित भएपछि अब उनलाई दोषी भन्दै पक्राउ गर्नेलाई कारबाही हुन्छ कि हुन्न होला भन्दै केही मानिसले सामाजिक सञ्चालमा टिप्पणी गरेका छन् ।

२०७५ भदौ २६ गते १७:२९ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर