बैतडीमा प्रधानमन्त्री ओलीको पुत्ला दहन

आजको खबर   |    प्रकाशित : २०७५ भदौ २६ गते १७:३९

डम्बरबाबु बोहरा

बैतडी । रोल्पाको सुलिचौर बजारमा तरुण दलका नेता हत्या गरेको बिरोधमा नेपाल तरुणदल बैतडीले प्रर्दशन गर्दे प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेको छ।

नेपाल तरुण दलका अध्यक्ष रोहित पुनमाथि भाद्र २३ गते गोली प्रहार गरी निर्मम तरिकाले हत्या गर्नेलाइ कार्बाहीको माग गर्दै तरुण दलले प्रदर्शन गर्दै पुत्लादहन गरेको हो।

तरुण तदले एक विज्ञप्ति प्रकाशन गरेर आज जिल्ला प्रशासन कार्यलय अगाडि बिरोध प्रर्दशन गरेको तरुणदल बैतडीका अध्यक्ष घनश्याम भट्टले जानकारी दिए।

तरुण दल पुनको नेकपा कार्यकर्ताले हत्या गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ। तरुण दल बैतडीका अध्यक्ष भट्टले सार्वजनिक गरेको उक्त विज्ञप्तिमा सरकार अपराधिको सुरक्षा गरिरहेको आरोप लगाईएको छ।

२०७५ भदौ २६ गते १७:३९ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर