मिर्गौलाको पत्थरीको लागि रामवाण : अंगुर र तिते करेला !

आजको खबर   |    प्रकाशित : २०७५ भदौ २६ गते १८:०४

अस्वस्थकर खानपान र अव्यवस्थित जीवनशैलीका कारण हाम्रो देशमा मिर्गौलाको पत्थरीका रोगीहरुको संख्या बढ्दो छ । मिर्गौलामा पत्थरी हुँदा निकै पीडा हुन्छ । यो बिभिन्न कारणले हुने गर्दछ । पत्थरी भएमा अपरेशन गरेर निकाल्ने प्रचलन बढ्दो छ । तर घरमै केही घरेलु तरिकाबाट समेत पत्थरीबाट बच्न सकिन्छ । हामीले यहाँ मिर्गौलाको पत्थरी हुँदा रामवाण सावित हुने अंगुर र तिते करेलाबारे उल्लेख गरेका छौँ ।

अंगुर : मिर्गौलाको पत्थरीका लागि यो निकै उपयोगी हुन्छ । अंगुरमा पोटासियम र पानी भरपूर मात्रामा हुने हुनाले पनि यसले मूत्रबद्र्धकको काम गर्छ । अंगुरमा एल्बुमिन र सोडियम क्लोराइड निकै कम मात्रामा हुन्छ, जसले गर्दा यसलाई मिर्गौलाको पत्थरीमा राम्रो मानिन्छ ।

तिते करेला : यो मिर्गौलाको पत्थरीका बिरामीका लागि रामवाण सिद्ध मानिन्छ । करेलामा पाइने म्याग्नेसियम र फस्फोरसले पत्थरी बन्नबाट रोक्छ । यसैले मिर्गौलाको पत्थरी भएकाहरुले यसलाई उपयोग गनुृपर्छ ।

२०७५ भदौ २६ गते १८:०४ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर