पूर्वी नेपालमा भूकम्पको धक्का

आजको खबर   |    प्रकाशित : २०७५ भदौ २७ गते ५:२७

काठमाडौं । पूर्वी नेपालमा भूकम्पको धक्का महसुस गरिएको छ ।

बुधवार बिहान १० बजेर ५० मिनेटमा विराटनगर लगायत पूर्वी नेपालका विभिन्न जिल्लामा भुकम्पको धक्का महसुस गरिएको हो ।

राष्ट्रिय भूकम्प मापन केन्द्रले भारतमा गएको भूकम्पका कारण पूर्वी नेपालका जिल्लामा पनि धक्का महसुस भएको जनाएको छ । प्रारम्भिक रिपोर्ट अनुसार ५ दशमलव ४ रेक्टर स्केलको भूकम्प गएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

भूकम्पको धक्कापछि पश्चिम नेपालका केही जिल्लाका स्थानीय वासिन्दा घर बाहिर निस्किएका थिए ।

२०७५ भदौ २७ गते ५:२७ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर