पशुपतिनाथ मन्दिरमा तीजको रौनक, हेर्नुस् ७ तस्वीर
आजको खबर | प्रकाशित : २०७५ भदौ २७ गते ८:१८

काठमाडौं । भाद्र शुक्ल तृतीया अर्थात् हरितालिका (तीज) पर्वका अवसरमा आज पशुपतिनाथ मन्दिरमा पूजा एवं दर्शन गर्ने भक्तजनको बिहानैदेखि भीड लागेको छ ।
आजको दिन दिन मध्याह्न १२ बजेसम्म तीन लाख बढी दर्शनार्थीले पशुपतिनाथ मन्दिरमा दर्शन एवं पूजा गरेका छन् । भाद्र शुक्ल तृतीयामा व्रत बसी शिवपार्वतीको पूजा र उपासना गरेमा सुख, शान्ति र कल्याण प्राप्ति हुने धार्मिक विश्वास छ ।
मन्दिरको सहज दर्शनका लागि बिहान तीन बजेदेखि नै पशुपतिका चारै ढोका खोली दर्शनार्थीलाई प्रवेश गराइएको थियो । दर्शन गरेका महिलाले पशुपति क्षेत्रमा तीजका गीत गाई नृत्य प्रस्तुत गरिरहेका छन् । महिलाको विशेष उपस्थिति रहेको छ ।
रातो, हरियो र पहेँलो पहिरनमा सजिएका महिलाको पशुपति परिसरमा भीड छ । तीजका दिन सक्नेले निराहार, नसक्नेले जलाहार र फलाहार गरी व्रत बस्ने परम्परा छ । कति भक्तजनले आजै हरितालिकाको पूजा लगाउँछन् । पूजा नलगाउनेले भाद्र शुक्ल चौँथीका दिन बिहान गोदान र पूर्णपात्र गरेपछि व्रत समापन हुन्छ ।
विवाहित नारीले पारिवारिक कल्याण एवं सुख शान्ति, अविवाहितले सुयोग्य वरको कामना गरी व्रत बस्ने परम्परा सत्य युगदेखि नै चली आएको धार्मिक विश्वास छ । यो व्रत सर्वप्रथम हिमालय पुत्री पार्वतीले गरी महादेव स्वामी पाएको पौराणिक कथन छ ।
तस्वीरः रासस
Very good site you have here but I was curious about if you knew
of any message boards that cover the same topics discussed here?
I’d really love to be a part of group where I can get advice from other experienced
people that share the same interest. If you have
any recommendations, please let me know. Cheers!