महोत्तरीमा घुस लिँदै गरेको अवस्थामा प्रहरी पक्राउ

आजको खबर   |    प्रकाशित : २०७५ भदौ २७ गते १४:२७

महोत्तरी ।अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासको टोलीले सेवाग्राहीसँग घुस लिँदै गरेको अवस्थामा प्रहरी नायब निरीक्षक रामबाबु यादवलाई पक्राउ गरेको छ ।

उनलाई रु पाँच हजार घुस रकमसहित टोलीले रङ्गेहात पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय रामगोपालपुरका इञ्चार्ज प्रहरी नायब निरीक्षक यादवले भारतबाट नेपालतर्फ समान ल्याउनेक्रममा सहयोग गरिदिने भन्दै एक जना सेवाग्राहीबाट उक्त रकम लिँदै गर्दा पक्राउ परेको जनाएको छ ।

पक्राउ परेको यादवलाई आयोगको बर्दिवासस्थित कार्यालयमा ल्याएर थप अनुसन्धान गरिरहेको पनि जनाएको छ ।रासस

२०७५ भदौ २७ गते १४:२७ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर