आफ्नै ट्रकले ठक्कर दिँदा सहचालकको मृत्यु

आजको खबर   |    प्रकाशित : २०७५ भदौ २७ गते १५:५५

विराटनगर । कृषि सामाग्री कम्पनी लिमिटेडको विराटनगरस्थित गोदाममा ट्रकले किच्दा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार आज दिउँसो ना ५ ख ५८८८ नंको ट्रकले आफ्नै सहचालकलाई सामान झार्ने गर्ने क्रममा ठक्कर दिँदा ज्यान गएको जनाएको छ ।

बाहिरबाट ल्याइएको सामाग्री गोदाममा झार्नुभन्दा पहिला गाडीलाई मिलाउने क्रममा थर खुल्न नसकेका करीब २२ वर्षीया प्रज्वलको ज्यान गएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता निशान थापाले जानकारी दिए। प्रहरीले ट्रकका चालक काभ्रे ज्याम्दी गाउँपालिका–३६ वर्षीय विनोद साहीलाई नियन्त्रणमा लिएको छ । यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।रासस

२०७५ भदौ २७ गते १५:५५ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर